११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश



अ+ अ-

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ ।

इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ । चन्द्रयानको स्वास्थ्य र गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इस्रोले जनाएको छ । यो यान गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो । चन्द्रयान–२ आजसम्म चन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमा अवतरण गर्नेछ ।

चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोभर रहेका छन् । चन्द्रमाको सतहमा पहिलो पटक भारतीय यान अवतरण गर्न लागेको हो । यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन् ।