२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी र खानसँग राष्ट्रपति ट्रम्पको फोनवार्ता



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् । ह्वाइट हाउसका प्रवक्ता होगन गाइडलीका अनुसार राष्ट्रपति ट्रम्पले भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई कश्मीरमा जारी तनाव घटाउन आग्रह गरेका छन् ।

ट्रम्पले ट्वीटरमा यसबारे जानकारी दिदैं भनेका छन्, ‘मेरा असल मित्र भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण कश्मीर मुद्दामा जारी तनाव कम गर्ने विषयमा कुरा भयो, यो कठिन समय हो तर कुराकानी राम्रो भयो ।’

कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै मुलुकका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।