५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो कर्णाली जलविद्युत आयोजनामा कम्युनिस्ट पार्टीका नेताहरुको आपती



अ+ अ-

काठमाडौं । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले माथिल्लो कर्णाली परियोजनासम्बन्धमा जीएमआरसँग भएको सम्झौता नेपालको हितविपरीत भएको बताए । यो आयोजना नेपालको हितअनुकुल निर्माण हुनुपर्ने खनालले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरसँग गरिएको सम्झौता खारेज गर्न सरकारसँग माग गरेका हुन् । ‘माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजना राष्ट्रहितको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री भीम रावलले जीएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौता र विद्युत विकास सम्झौता दुबै नेपालको हितमा नभएको बताएका हुन् ।

ती सम्झौता खारेज गरेर माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्ने रावलले जिकीर गरे ।माथिल्लो कर्णाली सम्झौता खारेज भई उक्त आयोजना नेपालको पक्षमा निर्माण नभए त्यसका विरुद्ध ठूलो आन्दोलन उठ्ने चेतावनीसमेत नेकपा नेता रावलले दिएका छन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दासमेत रहेका रावलले जीएमआरले माथिल्लो कर्णालीमा बाँध निर्माणका नाममा तल्लोतटीय क्षेत्रमा कर्मचारीहरुको सञ्चय कोषको लगानीमा एकलौटी लाभ हात पार्न खोजेको गुनासो पनि गरेका छन् ।