१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

माथिल्लो कर्णाली जलविद्युत आयोजनामा कम्युनिस्ट पार्टीका नेताहरुको आपती

माथिल्लो कर्णाली जलविद्युत आयोजनामा कम्युनिस्ट पार्टीका नेताहरुको आपती
अ अ+ अ-

काठमाडौं । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले माथिल्लो कर्णाली परियोजनासम्बन्धमा जीएमआरसँग भएको सम्झौता नेपालको हितविपरीत भएको बताए । यो आयोजना नेपालको हितअनुकुल निर्माण हुनुपर्ने खनालले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरसँग गरिएको सम्झौता खारेज गर्न सरकारसँग माग गरेका हुन् । ‘माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजना राष्ट्रहितको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री भीम रावलले जीएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौता र विद्युत विकास सम्झौता दुबै नेपालको हितमा नभएको बताएका हुन् ।

ती सम्झौता खारेज गरेर माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्ने रावलले जिकीर गरे ।माथिल्लो कर्णाली सम्झौता खारेज भई उक्त आयोजना नेपालको पक्षमा निर्माण नभए त्यसका विरुद्ध ठूलो आन्दोलन उठ्ने चेतावनीसमेत नेकपा नेता रावलले दिएका छन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दासमेत रहेका रावलले जीएमआरले माथिल्लो कर्णालीमा बाँध निर्माणका नाममा तल्लोतटीय क्षेत्रमा कर्मचारीहरुको सञ्चय कोषको लगानीमा एकलौटी लाभ हात पार्न खोजेको गुनासो पनि गरेका छन् ।