६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा २ नम्बर प्रदेशको अध्यक्षबाट प्रभु साहले राजीनामा दिए



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले २ नम्बर प्रदेशको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै साहले मङ्गलबार राजीनामा दिएका हुन् ।

साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा दिएको साहले बताएका छन् ।

साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।

पछिल्लो पटक प्रदेश सदस्यहरुको चयन गर्दा समेत आफुसँग कुनै सल्लाह नगरेको साहको गुनासो छ ।