१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

विद्यालयमा एक लाखको अक्षयकोष

विद्यालयमा एक लाखको अक्षयकोष
अ अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व रेशमलाल श्रेष्ठ र आमा स्व विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक लाख एक हजार एक सय एघारको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यबमोजिम अक्षयकोष स्थापना गरिएको श्रेष्ठले जानकारी दिए । “विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षाका लागि केही गरौँ भन्ने भावनासहित बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेको हुँ”, श्रेष्ठले भने, “मेरो सानो सहयोगले बालबालिकाको भविष्य निर्माणका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।”

बाबुआमाको स्मृतिमा फरक–फरक कार्यक्रम गर्ने गरिए पनि शिक्षामा लगानी गर्नुजस्तो पुण्य काम अरू नभएको श्रेष्ठले बताए । दाताले स्थापना गरेको अक्षयकोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सरिता पौडेलले जानकारी दिए । विद्यालयमा हाल २६० छात्रछात्रा अध्ययनरत छन् ।

प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न दाताले सहयोग गरिरहेका छन् । विद्यालयमा हालै मात्र माध्यमिक तहको पढाइ सञ्चालन भएको थियो । विद्यालयले गत असार १४ गते सरोकारवालासँग विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छलफल गरेको थियो ।

उक्त छलफलपश्चात् विभिन्न सरोकारवालाले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । माध्यमिक तह सञ्चालन समितिका संयोजक विष्णुभक्त न्यौपानेका अनुसार यस अवधिमा रु १३ लाख ९९ हजार १९३ सहयोग प्राप्त भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि स्थानीयवासी, अभिभावक एवं सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने बताए ।