५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवेणी छोटी भन्सारद्वारा सेवा विस्तार



अ+ अ-

नवलपरासी । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास (सामानको भन्सार राजश्व सङ्कलन) कार्यको शुरुआत गरेको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले रु २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको हो । यसअगाडि सामानको भन्सार राजश्व सङ्कलन (जाँचपास) नहुने गरेको यस छोटी भन्सार कार्यालयले पहिलो पटक न्यूनतम रकमबाटै भन्सार राजश्व सङ्कलनबाट सेवा शुरु गरेको हो ।

सो कार्यालयबाट रु २५ हजार बराबरसम्मको राजश्व सङ्कलन कार्य शुरु गरिएको महेशपुर मूल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए । यो कार्यसँगै गण्डक प्रदेशका व्यापारीलाई केही सहज हुने अपेक्षा गरिएको छ । महेशपुर मूल भन्सारअन्तर्गत पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयसमेत पर्दछ । त्यहाँ दुई कर्मचारी कार्यरत छन् । त्रिवेणी भन्सार कार्यालय गण्डक प्रदेश र भारतीयय सिमाना जोडिएको एक मात्र भन्सार नाकाका रुपमा मानिन्छ ।

यसबाहेक पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र विष्णुपुरा छोटी भन्सार कार्यालय पनि महेशपुर मूल भन्सार कार्यालयअन्तर्गत पर्दछ । ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलको काम हुँदैन । ती छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपाल नजीकको बजार आउने सवारी सधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ ।

ती कार्यालयलाई राजश्व सङ्कलनको अनुमति प्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।