२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासन कार्यालयको सेवा विस्तार



अ+ अ-

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–पश्चिम) ले सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त पार्न विभिन्न सेवा विस्तार गरेको छ । कार्यालयभित्रै महिला सेवाग्राहीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष, डिजिटल नागरिक वडा पत्र, प्राथमिकताका आधारमा सेवा प्रवाह लगायतका सेवा कार्यालयले विस्तार गरेको हो ।

समयसापेक्ष सेवाग्राहीको सेवालाई थप प्रभावकारी गराउन कार्यालयले विभिन्न काम गरेको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिए । कार्यालयले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप सेवा विस्तार गरेको बताइएको छ ।

क्रमशः अन्य सेवा विस्तार गरिने र आवश्यकताअनुसार कर्मचारीसँग कार्य सम्पादन सम्झौतासमेत आफूले गरेको प्रजिअ मरासिनीले बताए ।