१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

विद्यार्थीलाई तेल उपहार

विद्यार्थीलाई तेल उपहार
अ अ+ अ-

धम्बोझी । नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ ।नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो । “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन थालिएको हो”, नगरप्रमुख डा धवलशमशेर राणाले भने, “अभिभावकले आफ्ना छोरीलाई नियमित विद्यालय पठाउन प्रेरित गर्ने उद्देश्यले तेल उपहार दिन थालिएको छ ।”

विद्यालयमा मासिक ८५ प्रतिशतभन्दा बढी हाजिरी हुने छात्राका अभिभावकलाई तेल दिन शुरु गरेको हो । प्रति विद्यार्थी दुई लिटरका दर खाने तेल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । “अभिभावकलाई प्रोत्साहित गर्न खोजेका हौँ”, नगर उपप्रमुख उमा थापा मगरले भने, “यसले छात्राहरुको कक्षामा उपस्थिति प्रतिशत बढ्ने विश्वास लिएको छ ।” विद्यालयमा हाल २४५ विद्यार्थी भर्ना भएका छन् ।

जसमध्ये ८५ प्रतिशत हाजिरी नाघ्ने विद्यार्थीको सङ्ख्या भने ८६ मात्रै रहेको छ । तिनै ८६ जना विद्यार्थीका अभिभावकलाई दुई लिटरका दरले तेल वितरण गरिएको हो । विद्यालयका परामर्शदाता किरण आचार्यले छात्राहरुको शिक्षामा अभिभावक गम्भीर हुनुपर्ने बताए । “शिक्षाको महत्व अभिभावकले नबुझ्दा विद्यार्थीको उपस्थिति न्यून हुन पुगेको हो”, उनले भने, “छोरी विद्यालय पठाऊ उपहार दिन्छु भन्ने अवस्था विडम्बनापूर्ण हो ।”

नगरप्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, वडाध्यक्ष सफिक बेहना, नगर शिक्षा अधिकारी गोरखबहादुर थापा, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य लगायतले सो विद्यालयको अनुगमन समेत गरेका छन् ।