५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा मृत्यु



अ+ अ-

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना५ख ४८६ नंको बसले मध्यविन्दु नगरपालिका–७ चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाईते भएका साइकलयात्री आलमको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिँदा ना४५प २१०७ नंको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–७ का भानुभक्त पँगेनी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।