५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम गाउँमा एम्बुलेन्स सेवा



अ+ अ-

मान्म । पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् । सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका लागि सो गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो ।

दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताए । “यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन”, उनले भने, “स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ ।”

गाउँपालिकाको रु १२ लाखको लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताए ।

“अहिले पनि कर्णाली प्रदेश स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेको छैन”, उनले भने, “हामीले सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने गरेर काम थालेका छौँ ।”