२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम गाउँमा एम्बुलेन्स सेवा



अ+ अ-

मान्म । पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् । सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका लागि सो गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो ।

दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताए । “यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन”, उनले भने, “स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ ।”

गाउँपालिकाको रु १२ लाखको लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताए ।

“अहिले पनि कर्णाली प्रदेश स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेको छैन”, उनले भने, “हामीले सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने गरेर काम थालेका छौँ ।”