५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको सडकमा रवि समर्थकले गैरसंवैधानिक खालको नारा लगाएः नेकपा सांसद



अ+ अ-

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

त्यस्तै नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । तर, लामिछाने पक्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबाजी भइरहेको छ ।