१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

आठ वर्षसम्म सरकारी भवन नबनेकामा आपत्ति

आठ वर्षसम्म सरकारी भवन नबनेकामा आपत्ति
अ अ+ अ-

काठमाडौं– काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ ? यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी विकास मन्त्रालयसित ।

प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समितिले पटक–पटक ती तीन मन्त्रालयसहित त्रिभुवन विश्वविद्यालयसित समेत सो प्रश्नको लिखित जवाफ माग ग¥यो तर ती निकायले भवन निर्माण गरी अस्पताल सञ्चालनमा आउने सम्भावित मितिसहितको जवाफ हालसम्म उक्त समितिलाई दिएका छैनन् । ‘गैरजिम्मेवारीको पराकाष्ठ बढ्योे । अति भो । समय सीमा हुन्छ नि ? यस्तो हुन्छ ? अब ती मन्त्रालयका उच्च नेतृत्वसित एकपटक छलफल गर्छौं । के भन्नुहुँदो रहेछ कुरा सुन्छौं । अनि उचित निर्देशन समितिले सरकारलाई दिन्छ ।’ समितिका सभापति जयपुरी घर्ती आजको बैठकमा कडा रुपमा प्रस्तुत भइन् ।

उनका अनुसार समितिले सो भवन निर्माणबारे के भइराखेको छ ? अस्पताल कहिलेदेखि सञ्चालनमा आउँछ ? भन्ने जवाफ ती मन्त्रालयसित पछिल्लो पटक साउनको पहिलो हप्ता लिखित रुपमा जवाफ माग गरेको थियो तर ती निकायले समितिलाई हालसम्म कुनै जवाफ दिएका छैनन् । ती मन्त्रालयले जवाफ नफर्काएपछि समितिको बैठकले बुधबार ती मन्त्रालयका मन्त्री÷जिम्मेवार पदाधिकारीलाई बैठकमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ । उनले भने, ‘भवन निर्माण र क्यान्सर अस्पताल सञ्चालन नहुँदा क्यान्सरका बिरामी धेरै समस्यामा परेका छन् । सरकारले छिटोभन्दा छिटो अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’

भवनको लागत रु ६ करोड बढ्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६८ मङ्सिर २८ गते तीनवर्ष भित्रै सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसित सम्झौता गरेको थियो । निर्माण सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७१ साल मङ्सिर २७ गतेसम्म थियो । सम्झौता रकम मूल्य अभिवृद्धि करसहित रु ५५ करोड ५१ लाख २८ हजार ६४० थियो तर समयमै निर्माण पूरा नभएपछि मन्त्रालयले २०७२ साल मङ्सिर २७ गते एकवर्षसम्मका लागि म्याद थप गरेको थियो । दोस्रो पटक थपिएको म्यादमा निर्माण नभएपछि मन्त्रालयले तेस्रो पटक २०७३ साल चैत ११ गते पुनः म्याद थप गरेको थियो । तेस्रो पटक म्याद थप गर्दा ‘म्याद थप भएको मितिले ११ महीनाभित्र अनिवार्य रुपमा कार्य सम्पन्न गर्नेगरी पुनः तेस्रो पटक अन्तिम पटकका लागि म्याद थप गर्ने र थपिएको म्यादभित्र पनि उक्त निर्माण सम्पन्न नभएमा नियमानुसार क्षतिपूर्ति असुल गर्ने गरी कार्यान्वयन गर्नसमेत स्वीकृत दिने निर्णय गरियो’ भनिएको थियो ।

शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भवन निर्माणको कार्य प्रगतिबारे २०७४ साल चैत १६ गते यस्तो जानकारी दिएको थियो । जानकारी पत्रमा ‘विसं २०७४ को चुनाव र निर्माणस्थलमा दुर्घटना भई एक कामदारको मृत्युका कारण काममा अवरोध भएकाले पुनः एक पटकका लागि म्याद थप हुन अनुरोध भई आएमा तर पटक पटक म्याद थप भएको समयमा पनि निर्माण सम्पन्न नभएकाले भेरिएशन स्वीकृत र म्याद थपको प्रक्रिया अगाडि नबढेको कुरा अनुरोध छ ।’

निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ । अहिले भवनको लागत रु ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो ।

निर्माण व्यवसायीलाई कारवाही गर्न माग

बैठकमा समितिका सदस्यले एकै स्वरमा समयमा निर्माण नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अगाडि बढाउन सरकारसित माग गरेका थिए । समितिका सदस्य चित्रलेखा यादवले भनिन्, ‘यो गैरजिम्मेवारीको पराकाष्ठ हो, सरकारले समयमा भवन नबनाउने ठेकेदार कम्पनीलाई कारवाही गर्नुपर्छ । भवनको लागत बढाउन हुँदैन ।’ समितिका सदस्यद्वय उमाकान्त चौधरी र उमेश श्रेष्ठले भने, ‘दश प्रतिशत भेरिएशन बढाउन हुँदैन । मन्त्रालयको अनुगमन फितलो हुँदाको परिणाम हो ।’

समितिका सदस्य अञ्जना विशङ्खेले समयमा क्यान्सर उपचार केन्द्र सञ्चालनमा आउन नसक्दा बिरामीले दुःख पाउनु परेकातर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् । समितिका सदस्य एकवाल मियाँ, नारायण मरासिनी, सन्तकुमार थारू, हितबहादुर तमाङ, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने र मनकुमारी जिसीले ठेक्का रद्द गर्न र निर्माण व्यवसायी कम्पनीलाई कारवाही गरी क्षतिपूर्ति भराउनुपर्नेमा जोड दिइन् ।