१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

केपी सरकार अधिनायकवादतर्फ उन्मुख छ: माेहन बहादुर बस्नेत

केपी सरकार अधिनायकवादतर्फ उन्मुख छ: माेहन बहादुर बस्नेत
अ अ+ अ-


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेकाे आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै बस्नेतले सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको आरोप लगाए ।
उनले विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपनि एकपछि अर्काे जनविराेधी काममा व्यस्त रहेकाे बताए ।
उनले भने, ‘हामीले संघीय संविधानलाई स्वीकारेका छौं । प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो । मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ ।’

सरकारले संविधानको आडमा बसेर त्यसलाई भत्काउने काम गरेको समेत उनले आरोप लगाए ।
मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावानाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए ।

उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढीकरण गर्ने प्रस्ट पारे । नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए । त्यस्तै उनले आगामी २०७७ फागुनसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने बताए । उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए ।

बस्नेतले यही भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । उनकाअनुसार सरकारले गरेका सबैखाले गलत कामकारकाहीलाई जनतासामू सुसुचित गर्नको लागि पनि यो अभियान महत्वपूर्ण साबित हुन्छ । बस्नेतले मुलुकले अब कुनैपनि प्रकारको द्वन्द्व पचाउन नसक्ने धारणा राखे ।
मुलुकमा यतिवेला आर्थिक अराजकता सुरु भएको उनको टिप्पणी थियो । जनताले चाहेअनुसार निर्णायक भूमिका निर्वाह गर्ने एकमात्रै पार्टी नेपाली कांग्रेस भएको जनाउँदै उनले आगामी निर्वाचनमा विजयी हासिल गर्ने विश्वास दिलाए ।

नेपाल भारत सम्बन्ध प्रगाढ बनाउनुपर्छ

बस्नेतले भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणबारे टिप्पणी गर्दै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपालको राष्ट्रिय झण्डाले झुक्न नपर्ने गरी राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ । बस्नेतले ‘साथी फेर्न सकिने तर छिमेकी’ फेर्न नसकिने बताए ।

मित्रराष्ट्रसँग सम्बन्ध राख्दा मेरो सरकार ढल्छ वा मेरो पद जान्छ कि भन्ने हिसाबले सम्बन्ध नराख्न पनि उनले सुझाव दिए । छिमेकी कमजोर भयो भने अर्को छिमेकीलाई पनि असर पर्नेतर्फ उनले ध्यानाकार्षण गराए । उनले भने, ‘हामी असल छिमेकी भएर अघि बढ्नुपर्छ ।’