८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भाद्र महिनाको ४ गते : के भन्छ तपाईको राशिफल, कस्तो छ रहला तपाईको दिन !



अ+ अ-

मेष : बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । कुनै क्षेत्रमा पनि जर्वजस्ति नगर्नु होला । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य गुमाउने अवस्था आउन सक्छ । लगानी नबढाउनु होला ।

वृष: कार्य लगनशिलता घट्ने छैन । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् । विश्वासको भरमा काम हुनेछन् ।

मिथुन: कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला । आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् ।

कर्कट: बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन । समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ ।

सिंह: शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ । बाधा अवरोधको सामना गर्नु पर्नेछ ।

कन्या: व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् ।

तुला: अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला । सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ ।

वृश्चिक: कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ । सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ ।

धनु: इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न । आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ ।

मकर : महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।

कुम्भ: अरुको कुरामा विश्वास नगर्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । नोकरीबाट सन्तुष्टि त्यति मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ । मध्यम खालको दिन छ,लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ नत्र विचमा नै रोकिनु हुनेछ ।

मिन: समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुख मिल्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।