१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भाद्र महिनाको ४ गते : के भन्छ तपाईको राशिफल, कस्तो छ रहला तपाईको दिन !



अ+ अ-

मेष : बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । कुनै क्षेत्रमा पनि जर्वजस्ति नगर्नु होला । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य गुमाउने अवस्था आउन सक्छ । लगानी नबढाउनु होला ।

वृष: कार्य लगनशिलता घट्ने छैन । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् । विश्वासको भरमा काम हुनेछन् ।

मिथुन: कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला । आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् ।

कर्कट: बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन । समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ ।

सिंह: शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ । बाधा अवरोधको सामना गर्नु पर्नेछ ।

कन्या: व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् ।

तुला: अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला । सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ ।

वृश्चिक: कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ । सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ ।

धनु: इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न । आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ ।

मकर : महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।

कुम्भ: अरुको कुरामा विश्वास नगर्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । नोकरीबाट सन्तुष्टि त्यति मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ । मध्यम खालको दिन छ,लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ नत्र विचमा नै रोकिनु हुनेछ ।

मिन: समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुख मिल्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।