४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

साताको अन्तिम दिन नेप्से परिसूचक ३७.८७ अंकले घट्यो

साताको अन्तिम दिन नेप्से परिसूचक ३७.८७ अंकले घट्यो
अ+ अ-

काठमाडौँ । साताको अन्तिम तथा पुस महिनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्सेमा गिरावट आएको छ ।

पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ । मंगलवार नेप्से १३७.१८ अंकले बढेर  परिसूचक २ हजार ४१८.८५ बिन्दुमा पुगको थियो । तर, बुधवार ४.२३ अंकले घटेको नेप्से परिसूचक बिहीवार भने ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ बिन्दुमा झरेको छ । बुधवार ४.२३ अंकले घटेर २ हजार ४१४.६२ बिन्दुमा ओर्लिएको थियो । ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५.८८ अंकले घटेर ४५३.५३ अंकमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९९ प्रतिशत घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार साढे ४ अर्बको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ । जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि आज नेपाल बङ्गलादेश बैंकको शेयर ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.३५ प्रतिशत , माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंकको सबैभन्दा बढी ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।