२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन नेप्से परिसूचक ३७.८७ अंकले घट्यो



अ+ अ-

काठमाडौँ । साताको अन्तिम तथा पुस महिनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्सेमा गिरावट आएको छ ।

पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ । मंगलवार नेप्से १३७.१८ अंकले बढेर  परिसूचक २ हजार ४१८.८५ बिन्दुमा पुगको थियो । तर, बुधवार ४.२३ अंकले घटेको नेप्से परिसूचक बिहीवार भने ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ बिन्दुमा झरेको छ । बुधवार ४.२३ अंकले घटेर २ हजार ४१४.६२ बिन्दुमा ओर्लिएको थियो । ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५.८८ अंकले घटेर ४५३.५३ अंकमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९९ प्रतिशत घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार साढे ४ अर्बको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ । जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि आज नेपाल बङ्गलादेश बैंकको शेयर ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.३५ प्रतिशत , माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंकको सबैभन्दा बढी ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।