७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

भावावेशमा रक्षामन्त्रीबाट राजीनामा दिएको होईन- रिजाल

भावावेशमा रक्षामन्त्रीबाट राजीनामा दिएको होईन- रिजाल
अ+ अ-

काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिएका नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भावावेशमा आएर आफूले सो निर्णय नगरेको बताएका छन् । कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले अन्तिम मतपरिणाम आएलगतै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

रक्षामन्त्रालयमा पत्रकार सम्मेलन गरेका रिजालले भावावेशमा आएर राजीनामाको निर्णय नलिएको प्रष्ट्याएका हुन् । रिजाल असोज २६ गते रक्षामन्त्रीमा नियुक्त भएक थिए । कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले ८०९ मत मात्र प्राप्त गरेका हुन् । यता गगनकुमार थापा र विश्वप्रकाश शर्मा ३०२३ र १९८४ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन् ।

राजीनामा दिँदै रक्षामन्त्री डा रिजालले भन्नुभयो : विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस्

रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित हुनुभएकाले उहाँका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिनुभयो । उहाँले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताउनुभयो ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका नेता रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।

“नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु”, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।

“अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैँलाई झुटो बोलेर सान्त्वना दिनु उचित हुन्न”, पत्रकार सम्मेलनमा डा रिजालले भन्नुभयो, “आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पूँजी बचाएर राख्नका लागि पनि राजीनामा दिएको हुँ ।” डा रिजाल १८ वर्षदेखि पार्टीको केन्द्रिय कार्यसमितिमा हुनुहुन्छ ।

महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, “राजनीतिमा नहुने निर्णय गरेँ भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसूस भएको छ ।” उहाँले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैँ रोज्दै जाने पनि बताउनुभयो ।

विसं २०२५ सालदेखि नै विपी कोइरालालाई आदर्श मान्दै आएको भन्दै उहाँले आउने दिनमा राजनीतिमा रहे पनि र नरहे पनि काम गर्दा त्यो ऊर्जामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । अहिले नै आगामी दिनमा कसरी जाने भनेर निर्णयमा भने पुगिनसकेको उहाँले बताउनुभयो ।

उहाँले पाँच जना निर्वाचित हुँदा ८० वर्ष पुग्दै गरेका, ४० वर्ष भर्खर नाघेका र बीचका नेताको समिश्रणको टिम बनेको बताउँदै बढी युवाको अनुहार आएको, त्यसले सबै कांग्रेस र पाको नेतालाई एउटा सन्देश दिएको बताउनुभयो ।

“त्यसलाई सदाशयताका साथ लिन सके विपीको पार्टीलाई ऊर्जावान बनाउन सकिन्छ”, उहाँको भनाइ थियो । उहाँले अढाई महिनाको रक्षा मन्त्रालयको बसाइ स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।