११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन सरकारले भ्रामक सूचना फैलाउने अभियान चलाएको आरोप



अ+ अ-

क्यालिफोर्निया । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले हङकङमा लोकतन्त्र पक्षधरले गरेको आन्दोलनबारे चीन सरकारले भ्रामक सूचना फैलाउने अभियान चलाएको भन्दै नियन्त्रणका लागि कदम चालेको जनाईएको छ । ‘हाम्रो सञ्जालमार्फत भ्रम पार्ने विभिन्न नीति उल्लंघन गरेकाले सबै खाता बन्द गरिएको हो,’ ट्वीटरले वेबसाइटमा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख, ‘स्वस्थ र खुला बहसको संरक्षणको पक्षमा छौं ।’

सामाजिक सञ्जाल ट्वीटरले ‘हङकङमा वैधानिकता अन्त्य गर्ने तथा राजनीतिक द्वन्द्वको बीउ रोप्ने प्रयास गर्ने’ ९३६ खाता बन्द गरिदिएको जनाएको छ । हङकङको मुख्य भूमि चीनबाट सञ्चालित खाता आफ्नो नीति प्रतिकूल रहेको पनि ट्वीटरले जनाएको छ । त्यसैगरी, फेसबुकले पनि ७ वटा पेज, ३ वटा समूह र ५ वटा खाता हटाइएको जनाएको छ । ‘ती खाता तथा पेजमा बारम्बार स्थानीय राजनीतिक समाचार र हङकङमा जारी प्रदर्शनलगायत विषयबारे लेखिन्थ्यो,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेइचर भने, ‘उक्त कार्य गर्ने मानिसले पहिचान लुकाउन खोजे पनि हाम्रो अनुसन्धानले ती चीन सरकारसँग सम्बन्धित रहेको प्रस्ट भएको छ ।’

ट्वीटरका ९३६ खाताका अतिरिक्त २ लाखभन्दा बढी खाता अफवाह फैलाउने उद्देश्यले खोलिए पनि प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको ट्वीटरले उल्लेख गरेको छ । ‘हाम्रो विस्तृत अनुसन्धानपछि संगठित रूपमा चीन सरकार समर्थित कार्य गरिएको भरपर्दा प्रमाणहरू भेटिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैगरी, हामीले हङकङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचार सार्वजनिक गर्ने थप समूहहरू पत्ता लगाएका छौं ।’

‘हामीले राज्य नियन्त्रित समाचार संस्थाको विज्ञापन स्वीकार गर्दैनौं,’ कम्पनीले भनेको थियो । तर ट्वीटरले आफ्ना नयाँ नीति स्वतन्त्र सार्वजनिक प्रसारकहरूका हकमा लागू नहुनेसमेत उल्लेख गरेको छ । चीनमा ट्वीटर प्रतिबन्धित भए पनि मानिसले भीपीएनमार्फत् प्रयोग गर्छन् ।
गत साताको अन्त्यमा चिनियाँ सरकारी समाचार संस्था सिन्हृवाले ट्वीटरमा प्रायोजित पोस्ट गरेको सार्वजनिक भएपछि कडा आलोचना भएको थियो । त्यसलगत्तै ट्वीटरले त्यस्ता विज्ञापन स्वीकार नगर्ने घोषणा गरिसकेको छ ।