११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पादरी यौन दुव्र्यवहारको घटनामा दोषी ठहर, ६ वर्षको जेल सजाय



अ+ अ-

काठमाडौं । क्याथोलिक चर्चका एक वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई अदालतले यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको छ । अष्ट्रेलियाको अदालतले उनलाई यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गराई ६ वर्षको जेल सजाय तोकेको थियो ।

त्यस विरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेको हो । पेलले आफूमाथि लगाइएका आरोप झुट भएको भन्दै आफ्नो सम्मान कायमै राख्न उच्च अदालतमा गरेको अपिलमा पनि दोषी ठहरिएका हुन् । उनले सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्नमा रहेको मुख्य गिर्जाघरमा दुई बालकमाथि यौन दुव्र्यवहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो ।

गएको वर्षको डिसेम्बरमा जुरीले सर्वसम्मत रुपमा १३ वर्षका बालकलाई सेन्ट प्याट्रिक गिर्जाघरमा यौन दुव्र्यवहार गरेको तथा अर्कोपटक अर्का एक बालकलाई त्यस्तै व्यवहार गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो । पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।