५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले ताइवानलाई बेच्यो ६६ अत्याधुनिक एफ–१६ लडाकू विमान



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानसँग भएको लडाकू विमान सम्झौतालाई औपचारिक रुपमा स्वीकृत प्रदान गरेका छन् ।

मंगबार अमेरिकाको विदेश मन्त्रालयले यसको जानकारी गराएको हो । मन्त्रालयका अनुसार यस सम्झौतामा ८ अर्ब अमेरिकी डलर रकममा ६६ वटा एफ–१६ लडाकू विमान ताइवानलाई बेचिनेछ । अमेरिकाले वर्षौंपछि ताइवानलाई यति ठूलो स्तरको सैन्य सामाग्री बिक्री गर्न लागेको हो ।

चीनले ताइवानलाई आफ्नो शासनमा आउन बाँकी भूभागको रुपमा हेर्ने गरेकाले वाशिङ्टन र बेइजिङबीच व्यापार युद्ध, हङकङजस्ता विभिन्न मुद्दामा विवाद चलिरहेको समयमा अत्याधुनिक लडाकू विमान बेच्ने खबरले दुई देशबीचको तनाव थप वृद्धि गर्ने आशंका गरिएको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यीङले ताइवानलाई सैन्य सामाग्री बिक्री गरेर अमेरिकाले चीनको सार्वभौमसत्ता कमजोर बनाउने खोजेको आरोप लगाइन् ।

‘चीन यस कदमको कडा रुपमा विरोध गर्छ,’ हुवाले भनिन् । उनले अमेरिकाले ताइवानसँगको अत्याधुनिक लडाकू विमान सम्झौतालाई रद्द गर्नुपर्ने र ताइवानसँग अन्य कुनै पनि सैन्य सम्झौता गर्न नहुने बताइन् ।

अघिल्लो महिना पनि ट्रम्प प्रशासनले ताइवानसँग २.२ अर्ब अमेरिकी डलरको छुट्टै हातहतियार सम्झौता गरेको थियो । त्यस अन्तर्गत १०८ वटा तोप र एकठाँउबाट अर्को ठाँउ सार्न मिल्ने विमान–झार्ने मिसाइल बेचेको थियो ।

सन् २०१० यता मात्र अमेरिकाले ताइवानलाई १५ अर्ब अमेरिकी डलर बराबरको हतियार विक्रि घोषणा गरिसकेको छ । अमेरिकाले ४० वर्ष पुरानो ‘ताइवान रिलेसन एक्ट’ अन्तगर्त ताइवानलाई हतियार बेच्छ ।