२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिल्पाले गरिन् १० करोडको अफर अस्वीकार !



अ+ अ-

बलिउड अभिनेत्रीमा सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटकै कारण सधैँ चर्चामा रहिरहन्छिन् ।

हालसालै शिल्पालाई एउटा आयुर्वेद उत्पादन कम्पनीले विज्ञापनको अफर गरेको थियो । उक्त अफरलाई उनले अस्वीकार गरिन् । भारतीय संचार माध्यमका अनुसार शिल्पालाई ‘आयुर्वेदिक स्लिमिंग पिल्स’ को प्रमोशनको लागि १० करोड भारतीय रुपियाँ दिइएको थियो ।

शिल्पाले भनिन्, ‘म कुनै यस्तो कुनै कुरा पनि बेच्न सक्दिन जसमा मलाई विश्वास छैन । स्लिमिंग पिल्स र फ्याट डाइट तपाईंलाई आर्कषित त गर्न सक्छन् किनकी यसले छिट्टै असर देखाउँछ । तर एउटा नियममा टिकिराख्ने र स्वस्थ खानुमा आफूलाई गर्व महसुस हुन्छ । यसको मुकाबिला कसैले गर्न सक्दैन । भनेको मतलब कसैको दबाबमा आएर कोहि मोटो वा दुब्लो बन्न सक्दैन ।’