५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ करोड रकम हिनामिना गर्ने बैंक म्यानेजर पक्राउ



अ+ अ-

दाङ । बैंकको १८ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका बैंक म्यानेजर सुरज बुढाथोकीलाई प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको हो । वेक्ष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको बताएका छन् । ‘नक्कली ऋणि बनाएर वैंकबाट रकम निकासा गरेको आँकलन गरिएको छ,’प्रहरी निरीक्षक गौतमले नागरिकसंग भने ‘त्यसरी निकासा भएको १८ करोड रकम बुढाथोकीले कहाँ प्रयोग गरेका छन् भन्ने यकिन भने खुल्न सकेको छैन।’

गौतमले १८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै बैंकका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी गरिरहेको बताए । ठूलो रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका बुढाथोकीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलसमा पेश गर्न त्यसतर्फ लगिएको छ। बैंकिङ कसुरको बयान उक्त इजलासमा हुने भएकाले बुढाथोकीलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।

यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक देवः बिकास बैंकमा मर्ज भएको थियो । उनी वेस्टर्न विकास बैंक मर्ज भएसंगै देवः विकास बैंकमा समाहित भएका थिए। यि दुई बैंक गत असारमा मर्ज भएका हुन्।