काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई अर्को चुनाव सामना गर्न तयार रहन आग्रह गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै खण्डन गरे ।
‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई भन्न चाहन्छु, आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसेहुन्छ । आउँदो चुनाव टफ हुनेछ, अस्तित्व रक्षाको लडाई सुरु गरे हुन्छ ।’
उनले आफू अझै अझै १५ बर्ष अखडामा रहने बताए ।त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’
यस्तै उनले स्वास्थ्य परीक्षणका लागि आफू भोलि सिंगापुर जान लागेको जानकारी दिए ।