५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं ओर्लिंए



अ+ अ-

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।

बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्नेछ । उनी तीन वर्षको अन्तरालपछि काठमाडौं ओर्लिंएका हुन् । जयशंकरले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको छ ।

प्रधानमन्त्री ओलीसँग जयशंकरले नेपालको पछिल्लो राजनीतिक अवस्था र दुईपक्षीय सम्बन्धबारे छलफल गर्नेछन्।त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत,संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ।

उनले भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्। राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।