५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रान्सफर्मर भित्रको तार चोरी



अ+ अ-

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ । केही दिन अघि नै ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भए पनि बल्ल थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

चोरहरुले ट्रान्सफर्मरभित्र रहेको झण्डै १२० केजी बराबरको क्वाइल तामाको तार निकालेर लगेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिँचाइको लागि प्रयोग हुैंदै आएको ट्रान्सफर्मरको तार चोरहरुले लगेपनि अन्य काम नलाग्ने सामान त्यतिकै छोडिएको अवस्थामा फेला परेको जिल्लास्थित विद्युत् प्राधिकरणले जनाएको छ ।

ट्रान्सफर्मर चोरी भएसँगै यस क्षेत्रका झण्डै ३०० परिवार समस्यामा परेका छन् ।