५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा हवाई आक्रमण, १८ तालिबानको मृत्यु



अ+ अ-
फाइल तस्वीर


अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् ।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।

हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए ।

सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।