५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्गिस्तान सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै किर्गिस्तान पाँचौं सेन्ट्रल जोन भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा सोमबार नेपाललाई ३–० को सेटमा हराएको किर्गिस्तानले मंगलबार माल्दिभ्सलाई पनि ३–० कै सेटमा पाखा लगायो ।

त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सम्पन्न खेलमा तीनै सेटमा माल्दिभ्सले कठिन चुनौती पेस गर्न सकेन । किर्गिस्तानले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो सेटमा भने उसलाई तुलनात्मक रूपमा कठिन भयो । २६–२४ ले जितेर २–० को अग्रता बनाएको किर्गिस्तानले तेस्रो सेटमा २५–१९ को सहज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

समूहमा बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । विजेता समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ ।