५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्गिस्तान सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै किर्गिस्तान पाँचौं सेन्ट्रल जोन भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा सोमबार नेपाललाई ३–० को सेटमा हराएको किर्गिस्तानले मंगलबार माल्दिभ्सलाई पनि ३–० कै सेटमा पाखा लगायो ।

त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सम्पन्न खेलमा तीनै सेटमा माल्दिभ्सले कठिन चुनौती पेस गर्न सकेन । किर्गिस्तानले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो सेटमा भने उसलाई तुलनात्मक रूपमा कठिन भयो । २६–२४ ले जितेर २–० को अग्रता बनाएको किर्गिस्तानले तेस्रो सेटमा २५–१९ को सहज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

समूहमा बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । विजेता समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ ।