११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौती बढ्दै



अ+ अ-

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले सवारी साधनको आवागमन अत्यधिक भएकाले सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम बढ्दै गएकाले यसको सुरक्षा चुनौती बढ्दै गएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सवारी साधनको ठक्करबाट ४७ वन्यजन्तुको मृत्यु भएको छ । ठक्करबाट दुर्लभ पाटेबाघ एक, जरायो एक, चित्तल १८, बँदेल १५, इन्देन सिभेट एक, सुनगोहोरो एक, बाँदर सात गरी ४७ जनावरको मृत्यु भएको छ । यसैगरी गत आव २०७४÷७५ मा सवारी साधनको ठक्करबाट सडक दुर्घटनामा परी ३७ जनावरको मृत्यु भएको थियो ।

निकुञ्जको मध्य भागबाट राजमार्ग गएकाले सवारी साधनहरु अत्यधिक गतिमा गुड्ने गरेकाले जनावरहरुको आवागमनमा नकारात्मक असर परिरहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताए । निकुञ्ज प्रशासनसमक्ष सबभन्दा ठूलो चुनौतीका रूपमा रहेको जनावरहरु सडक दुर्घटनामा मर्ने क्रमलाई रोक्न चालकहरुलाई सचेत गराउने, पर्चा, पम्प्लेट र स्टिकर वितरण गरी चेतना फैलाउने काम शुरु भएको बताइएको छ ।

त्यसैगरी निकुञ्जभित्र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि १६ किलोमिटर सोलार फेन्ट तारबार गरिएको छ । उक्त सौर्य तारबारमा प्रत्येक तीन सेकेण्डमा करेन्ट प्रवाह हुने गरेकाले यसबाट मानव र वन्यजन्तु बीचमा हुने द्वन्द्व केही मात्रामा कम भएको बताइएको छ । हाल निकुञ्जभित्र पाटेबाघ १८, गौरीगाई १०५, हात्ती ४५ र गैँडा सात वटा रहेका छन् ।

पथलैयादेखि अमलेखगञ्जसम्म सात किलोमिटर क्षेत्रमा पेट्रोलियम पदार्थको पाइपलाइन गाडिएकाले बाटो फराकिलो हँुदा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम कम भएको निकुञ्ज प्रशासनले जिकिर गरेको छ ।