१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौती बढ्दै

निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौती बढ्दै
अ अ+ अ-

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले सवारी साधनको आवागमन अत्यधिक भएकाले सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम बढ्दै गएकाले यसको सुरक्षा चुनौती बढ्दै गएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सवारी साधनको ठक्करबाट ४७ वन्यजन्तुको मृत्यु भएको छ । ठक्करबाट दुर्लभ पाटेबाघ एक, जरायो एक, चित्तल १८, बँदेल १५, इन्देन सिभेट एक, सुनगोहोरो एक, बाँदर सात गरी ४७ जनावरको मृत्यु भएको छ । यसैगरी गत आव २०७४÷७५ मा सवारी साधनको ठक्करबाट सडक दुर्घटनामा परी ३७ जनावरको मृत्यु भएको थियो ।

निकुञ्जको मध्य भागबाट राजमार्ग गएकाले सवारी साधनहरु अत्यधिक गतिमा गुड्ने गरेकाले जनावरहरुको आवागमनमा नकारात्मक असर परिरहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताए । निकुञ्ज प्रशासनसमक्ष सबभन्दा ठूलो चुनौतीका रूपमा रहेको जनावरहरु सडक दुर्घटनामा मर्ने क्रमलाई रोक्न चालकहरुलाई सचेत गराउने, पर्चा, पम्प्लेट र स्टिकर वितरण गरी चेतना फैलाउने काम शुरु भएको बताइएको छ ।

त्यसैगरी निकुञ्जभित्र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि १६ किलोमिटर सोलार फेन्ट तारबार गरिएको छ । उक्त सौर्य तारबारमा प्रत्येक तीन सेकेण्डमा करेन्ट प्रवाह हुने गरेकाले यसबाट मानव र वन्यजन्तु बीचमा हुने द्वन्द्व केही मात्रामा कम भएको बताइएको छ । हाल निकुञ्जभित्र पाटेबाघ १८, गौरीगाई १०५, हात्ती ४५ र गैँडा सात वटा रहेका छन् ।

पथलैयादेखि अमलेखगञ्जसम्म सात किलोमिटर क्षेत्रमा पेट्रोलियम पदार्थको पाइपलाइन गाडिएकाले बाटो फराकिलो हँुदा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम कम भएको निकुञ्ज प्रशासनले जिकिर गरेको छ ।