• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

श्रीदेवी पुत्री जाह्नवी ‘घोस्ट स्टोरिज’मा



गएको वर्ष करण जौहरको फिल्म ‘धडक’मार्फत जाह्नवीले करिअर सुरु गरेकी श्रीदेवी पुत्री अभिनेत्री जाह्नवी कपुरसँग धेरै फिल्मको अफर छ। यसै क्रममा अब उनी ‘घोस्ट स्टोरिज’मार्फत डिजिटल प्लेटफर्ममा पनि डेब्यु गर्दैछिन्।

‘घोस्ट स्टोरिज’ नेटफ्लिक्सको सन् २०१८ को फिल्म ‘लस्ट स्टोरिज’को आगामी शृंखला हो। फिल्म कुल चार शृंखलामा बन्नेछ। यसको निर्माण जोया, करण जौहर, दिवाकर बनर्जी र अनुराग कश्यपले गर्दैछन्। यी चारजनाले ‘लस्ट स्टोरिज’ र सन् २०१३ मा ‘बम्बे टाकिज’ फिल्म बनाएका थिए।यसमा विजय यसमा नायक रहेका छन् । ‘घोस्ट स्टोरिज’को सुटिङ चाँडै सुरु हुँदैछ।