६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ उद्योग कारवाहीमा



अ+ अ-

हेटौँडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो ।

कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन् । शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल कम पाइएकाले कारवाही गरिएको जनाइएको छ ।

यसैगरी अन्य उद्योगहरुलाई नापतौल ऐन २०२५ अनुसार कसुरबमोजिम कारवाही गरिने गरिने भएको छ । यसअघि हेटौँडामा रहेको शिवम् फ्युल सेन्टर र एसियन पेन्ट्स उद्योगलाई कारवाही गरिएको थियो । लामो समयदेखि उद्योग र व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको अनुगमन नहुँदा उपभोक्ता गठिदैँ आएको व्यापक गुनासो आएपछि छड्के जाँच तथा अनुगमन शुरु गरिएको कार्यालय प्रमुख यादवको भनाइ थियो ।

केही महीनायता बारा, पर्सा र मकवानपुरमा सञ्चालित पेट्रोल पम्पहरुमा गरिएको अनुगमनमा कैफियत देखिएका एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको थियो । हाल उद्योग र व्यवसाय बढ्दै गएका तर अनुगमन सुस्त हुँदा उपभोक्ता ठगिने गरेका हेटौँडा–४ का रामप्रसाद भट्टराईले बताए ।