६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति मारिए



अ+ अ-

काठमाडौं । ब्राजिलका सैनिक प्रहरीले रिओ दि जेनेरोमा एउटा यात्रुवाहक बस तीन घण्टासम्म कब्जामा लिने व्यक्तिलाई आफूहरूले मारिदिएको बताएका छन्।

एउटा ट्विटर सन्देशमा प्रहरीले एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएका छन्।

स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले ती अपहरणकर्तामाथि बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार जस्तो देखिने सामग्री तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको जनाकारी दिए।

उक्त व्यक्तिले बोकेको बन्दुक नक्कली भएको खुलेको छ।त्यसअघि नै बसका ६ जना यात्रुहरू रिहा भएका थिए।सैनिक प्रहरी, एम्बुलेन्सहरू र एउटा विशेष कारबाही दस्ताका सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए।त्यो बसमा एक दर्जनभन्दा बढी यात्रु सवार रहेको ठानिएको छ।