११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले दिएका निर्देशन सरकारले पालन गर्नुपर्छ: प्रतिवेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकमा सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विँडारीले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गरे । प्रतिवेदन पेश गर्दै उनले संसदीय मूल्यमान्यताअनुसार संसद् र संसदीय समितिले दिएका निर्देशनलाई सरकारले पालन गर्नुपर्छ भने । सरकारी आश्वासन प्रभावकारी कार्यान्वयन नभएको, प्रत्यायोजित विधानलाई मन्त्रालयले पालन नगरेका, राष्ट्रिय महत्वका अभिलेख दस्तावेजको प्रभावकारी सुरक्षण गरेको नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक टेबल गरे । ती विधेयकमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक र वातावरण संरक्षण विधेयक, २०७६ रहेका छन् ।राष्ट्रियसभाको अर्को बैठक भोलि भदौ ५ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।