काठमाडौं । भारतका फास्ट बलर श्रीशान्तको सजाय कम भएको छ ।सन् २०१३ को आईपीएलमा फिक्सिङमा दोषी ठहर भएर आजीवन प्रतिबन्धमा परेका उनको सजाय सात बर्षमा झरेको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार उनको सजाय १३ सेप्टेम्बर २०२० मा सकिनेछ । यता श्रीशान्तले प्रतिबन्ध हटेपछि रणजी ट्रफी खेल्ने र भारतको राष्ट्रिय टिमको ढोका ढकढक्याउने बताएका छन् ।
आफू फास्ट बलर भएको र रहने भन्दै उनले अझै ५ वर्ष क्रिकेट नछाड्ने बताएका छन् । आशिष नेहराले ३८ वर्षको उमेरमा टी–२० विश्वकप २०१६ खेलेको स्मरण गर्दै उनले क्रिकइन्फोसँग भनेका छन्, ‘म ३६ को भए । पुनरागमनका लागि मैले अझै एक वर्ष पर्खिनुपर्ट । तर मलाई लाग्छ उमेर सबथोक होइन ।’