२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित छात्रालाई साइकल



अ+ अ-

गौशाला । उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेका छन् । त्रिभुवन माविको प्रागणमा आज आयोजित एक समारोहमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्राहरुलाई एक थानका दरले साइकल वितरण गरिएका हुन् ।

मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत यहाँका दलित छात्राहरुलाई साइकल वितरण गरिएको नगरप्रमुख शिवनाथ महतोले बताए। अगामी दिनमा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई लक्षित गर्दै आर्कषण प्याकेज ल्याउने तयारी गरिएको पनि उनले बताए ।

आर्थिक वर्ष २०७५÷०७६ को योजना कार्यक्रमअन्तर्गत सो छात्रवृत्ति कार्यक्रम राखिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्काले बताए । छात्रवृत्ति पाउनेमा नगरपालिकाको नौवटा सामुदायिक विद्यालयका ५३ छात्रा रहेका छन् ।