११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा जारी



अ+ अ-

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौंंमा सुरु भएको छ । बुधबार र बिहीबार होटल याक एण्ड यतीमा चल्ने बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री एस जयशंकर पनि काठमाडौं आइसकेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा मुख्य ५ वटा एजेन्डा रहेको छ । राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुनेछ ।

यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन समेत गरिने भएको छ ।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने बताईएको छ । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुनेछ।