५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा जारी



अ+ अ-

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौंंमा सुरु भएको छ । बुधबार र बिहीबार होटल याक एण्ड यतीमा चल्ने बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री एस जयशंकर पनि काठमाडौं आइसकेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा मुख्य ५ वटा एजेन्डा रहेको छ । राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुनेछ ।

यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन समेत गरिने भएको छ ।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने बताईएको छ । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुनेछ।