५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईखर्क तालको पूर्वाधार निर्माण



अ+ अ-

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पर्ने गाईखर्कताललाई पर्यटकीयस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासीले अग्रसरता देखाएका छन् ।तालमा रहेको पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा तालमा पुग्ने पर्यटकका लागि पूर्वाधार निर्माण गरिएको हो ।

गत वर्ष गाउँपालिकाको रु पाँच लाख २५ हजार अनुदान र स्थानीयवासीको रु ४९ हजार बराबरको श्रमदानमा मन्दिर र प्रवेशद्वार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर सिउथानीले बताए । उनका अनुसार ताल परिसरमा पूजा गर्नका लागि मन्दिर बनाइएको हो । न कुनै पानीको मुहान छ, न कतैबाट पानी ल्याएर तालमा हालिएको छ ।

जति खडेरी परे पनि पानी सुक्दैन । हावाहुरीले तालमा पातहरु परे पनि चराले लैजाने र कहिल्यै पानी फोहर नहुने अनौठो विशेषता छ गाईखर्क तालको । तालमा धार्मिक पर्यटकहरु बढी आउन थालेका छन् । उनीहरुलाई सहज होस् भनेर मन्दिर बनाइएको हो । गाउँपालिकाले दुई लाख रुपैयाँ खर्च गरेर हाडिस खोलादेखि तालसम्म सडक निर्माण गरेको छ ।

घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । तालको अहिले क्षेत्रफलसँगै बाँध बनाएपछि ताल गहिरो पनि बनेको छ ।