५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा: दोस्रो खेलमा मेस्सी मैदानमा उत्रने



अ+ अ-

काठमाडौं । साविक विजेता बार्सिलोनाका कप्तान लिओनल मेस्सी टिममा पर्किएका छन् । पिडुचोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका हुन् ।

ला लिगाको पहिलो खेलमै मेस्सी विना बार्सिलोना बिल्बाओसँग १–० गोलले पराजित भएको थियो । मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महशुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते भएका थिए ।

लिगको अर्को खेलमा मेस्सी मैदानमा उत्रने बताईएको छ । बार्सिलोनाले लिगको दोस्रो खेलमा आइतबार रियल बेटिससँग घरेलु मैदानमा खेल्नेछ ।