२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन: अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सम्बन्धित देशको सहयोग नपाएसम्म त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने बताएका हुन् ।

उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताए ।

‘हामीलाई सूचना सेयर गर्नुपर्ने अन्य संस्थाबाट जबसम्म सहयोग पाउँदैनौंं तबसम्म अनुसन्धान सम्पन्न हुँदैन’ उनले भने ‘सूचना प्रणाली आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र सम्भव हुन्छ ।’

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।जवाफमा अर्थमन्त्री खतिवडाले सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिल्दोजुल्दो भएको पनि हुन सक्ने बताए ।