११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन: अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सम्बन्धित देशको सहयोग नपाएसम्म त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने बताएका हुन् ।

उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताए ।

‘हामीलाई सूचना सेयर गर्नुपर्ने अन्य संस्थाबाट जबसम्म सहयोग पाउँदैनौंं तबसम्म अनुसन्धान सम्पन्न हुँदैन’ उनले भने ‘सूचना प्रणाली आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र सम्भव हुन्छ ।’

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।जवाफमा अर्थमन्त्री खतिवडाले सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिल्दोजुल्दो भएको पनि हुन सक्ने बताए ।