१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा

करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा
अ अ+ अ-

काठमाडौँ । सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व छलीमा चार जना सरकारी कर्मचारी सङ्लग्न रहेको आरोपसहित १५ जनाविरुद्ध मुद्दा चलाइएको विभागका निर्देशक राजीव पोखरेलले जानकारी दिए।

उनीहरुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा रु ४७ करोड ८९ लाख बिगो मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले हिमालयन कार्गो तथा वनबोरी माता ट्रेडर्सका मुख्य कारोवारी विनोदकुमार गुप्तासहित, अन्य कारोवारी मधुकुमारी गुप्ता, रवीन्द्रकुमार गुप्ता, वीरेन्द्रकुमार गुप्ता, राहुलकुमार गुप्ता र चार सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध बिगो असुलउपर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार सजायको माग दाबीगरी मुद्दा चलाएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी बटुकृष्ण अधिकारी, सुवास श्रेष्ठ, वसन्त सुवेदी र देवीबहादुर थापा राजस्व छलीको घटनामा सङ्लग्न रहेको आरोप छ । उनीहरु उक्त मुद्दामा निलम्वनमा परेका थिए । ती सम्पूर्ण फर्मले भन्सार महसुलतर्फको बिगो रु १४ करोड ९९ लाख मूल्य अभिवृद्धितर्फ २१ करोड ५७ लाख र आयकरतर्फको बिगो रु नौ करोड गरी ४५ करोड, ६४ लाख तीन हजार कायम गरी उक्त रकम असुलउपर गर्न कानूनअनुसार सजायको माग गरिएको छ । उनीहरुमाथि रु दुई करोड २४ लाख विदेशी विनिमय अपचलन गरेको आरोप छ ।

उनीहरुले वनबोरीमाता ट्रेडर्स प्रालि तथा भिआर इन्टरनेशनलले हिमालयन कार्गोमार्फत नेपालगञ्जबाट भन्सार चोरी पैठारी गरी भन्सार महशुल, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको देखिएको विभागका निर्देशक पोखरेलले जानकारी दिए । उनीहरुले आपसी मिलेमतोमा सञ्चालक रोहित अग्रवाल रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाइटर रहेको एनआइसिआई ट्रेडर्स, बृजलाल रावत प्रोपाइटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाइटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल सञ्चालक रहेको श्याम ट्रेडिङ प्रालि, ईश्वर दयाल प्रोपाइटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्म दर्ता गरी हिमालयन कार्गोमार्फत कारोवार गरेको खुल्न आएको दावी गरिएको छ ।

उक्त फर्मको नामबाट मालवस्तु आयात तथा बिक्री गरी कर विवरण नदेखाइ तथा आय विवरण नबुझाई राजस्व चुहावट गरेको विभागको ठहर छ ।

विदेशी विनिमय अपचलन मुद्दा

राजस्व छलीका आरोपी विनोदकुमार गुप्ता, रवीन्द्र गुप्ता, वीरेन्द्र गुप्ता, राहुलकुमार गुप्ता, मधुकुमारी चौधरीले आपसी मिलेमतोमा विदेशी विनिमय अपचन गरेको खुल्न आएको विभागले जनाएको छ ।

हिमालयन कार्गोबाट कारोवारको व्यवस्थापन गर्नेगरी एभरेष्ट बैंकमा रवीन्द्र गुप्ता र राहुलकुमार गुप्ताको नामबाट खाता सञ्चालन भई मालवस्तु आयात गर्ने प्रयोजनार्थ रकम विदेश पठाई सामान आयात नगरी रु दुई करोड २४ लाख बिगो बराबर विदेशी मुद्रा अपचलन गरेको विभागले जनाएको छ ।

बिगो असुलउपर गरी उनीहरुलाई बिगोबमोजिम जरिवाना र बिगोको तीन गुणासम्म थप जरिवाना गरी कानूनअनुसार कैद सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको विभागका निर्देशक टङ्कप्रसाद पाण्डेले जानकारी दिए ।