२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा पाँच हजार साना उद्योग थप



अ+ अ-

सुर्खेत । आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन् ।

मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले घरेलु तथा साना उद्योगतर्फ तीन हजार ३९७, लघु उद्योगतर्फ ४२६ र वाणिज्यतर्फ एक हजार ९६५ उद्योग दर्ता भएको जानकारी दिए । मझौला र ठूला उद्योगहरु भने दर्ता भएका छैनन् । गाउँगाउँसम्म सडक र बैंक पुगेपछि साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको उनको भनाई थियो ।

मन्त्रालयले प्रदेश राजधानीमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया यसै वर्षदेखि शुरु हुने जनाएको छ । “सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुमा छ हेक्टर जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिएको छ”, सूचना अधिकारी रोकायाले भने, “अहिले जथाभावी भइरहेको जडीबुटी सङ्कलनलाई एकद्वार गरी व्यवस्थित गर्न प्रयास गर्दैछौँ, त्यसकै लागि प्रशोधन केन्द्र खाँचो रहेको हो ।”

उनले वीरेन्द्रनगरको लाटीकोइलीमा सञ्चालित जडीबुटी प्रशोधन तथा भण्डारण केन्द्रलाई सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिए ।