१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

यी हुन् सरकारले हेरफेर गरेका मन्त्रालयका सचिवहरु

यी हुन् सरकारले  हेरफेर गरेका मन्त्रालयका सचिवहरु
अ अ+ अ-

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशस्थित प्रमुख सचिवलाई सरूवा गरेको छ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सचिवहरू सरूवा गरिएको जानकारी दिए।

शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको छ भने शिक्षामा महेशप्रसाद दाहाललाई पठाइएको छ।

यता संस्कृति पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सरूवा गरी सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रबाट माधव बेल्वासेलाई खानेपानी मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन मन्त्रालय सरूवा गरिएको छ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि हेर्ने गरी सरूवा भएको छ।

भूमी व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरिएको उनले बताए।

राष्ट्रपति कार्यालयबाट विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ।

विगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको हो।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका सचिव बैकुण्ठ अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।

सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ।

प्रदेश नम्बर ५ मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तीर्थराज ढकाललाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको हो।प्रमुख सचिव रहेका आनन्दराज ढकाललाई लोक सेवा आयोग सरूवा गरिएको छ।

लोक सेवा आयोगबाट महेन्द्र गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरूवा गरिएको छ।महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको छ।

मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेललाई राष्ट्रपति कार्यालय पठाइएको छ।