५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफुले सहज सम्बन्ध चाहेको: नेता माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश पठाएका छन् । उनले कतिपय सार्वजनिक कुराहरुमा असहमति हुँदा पनि व्यक्तिगत सम्बन्धमा दरार ल्याउन नचाहेको सन्देश पठाएका हुन् ।

वरिष्ठ नेता नेपालका निकटस्थ मानिने नेकपाका नेता डा.वंशीधर मिश्रमार्फत नेता माधवकुमार नेपालले ओलीसम्म सो सन्देश पठाएको हो । मिश्रले नेपाललाई भेटेर पछिल्लो बैठकको समाचारले पार्टी र शुभेच्छुकमा नराम्रो सन्देश गएको बताएका थिए ।

बिहीबारको बैठकमा भएको चर्काचर्कीले आफूलाई पनि नराम्रो लागेको भन्दै कमी कमजोरी महसुस गरेर सम्बन्ध सहज बनाउन चाहेको उनले बताएका थिए । मिश्रले नेपाललाई संयमित हुन सुझाव दिएका छन् । नेपालले भने पार्टी अध्यक्षले आफ्नो शुभकामना चाहिँदैन भनेपछि असहज परिस्थिति उत्पन्न भएको र त्यसक्रममा कतिपय शब्दहरु प्रयोग भएको आफूले महसुस गरिसकेको पनि बताएका थिए ।

मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत नेपालको सो सन्देश प्रधानमन्त्रीसम्म पुर्‍याइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।