२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या

दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या
अ अ+ अ-

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बसपार्क सानो छ, चार-पाँच गाडी राख्नेबित्तिकै पूरै भरिन्छ, अन्य गाडी सडकमै पार्किङ गर्नुपर्दा समस्या भएको छ ।” अधिकांश सवारी सडकमै राखिँदा यहाँको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।” दिपायलस्थित पिपल्लाका राजमार्गमा सवारी राखिने गर्नाले यहाँबाट अछाम, बाजुरा तथा डडेल्धुरा जाने सवारीलाई पनि समस्या छ । बसपार्क ठूलो र गतिलो नभएका कारण सवारी मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालक बताउँछन् ।

उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहुँ बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सवारीको सङ्ख्या वर्षेनी थपिँदै गएको छ, बसपार्क व्यवस्थित र ठूलो बनाउनका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएका छौँ, जग्गा पाए बसपार्क व्यवस्थित गर्नेछौँ ।”

यात्रुवाहकले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सर–सामान लोड–अनलोड गर्ने काम सडकमै गर्ने भएकाले ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण भएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले जानकारी दिनुभयो । सडकको दायाँ र बायाँ फुटपाथसमेत नभएकाले सवारीको चापका कारण नागरिकलाई बजारमा हिँडडुल गर्नै समस्या भएको स्थानीयवासी बताउँछन् । सडकको केन्द्रविन्दुदेखि दायाँ र बायाँतिर १५-१५ मिटर छाड्नुपर्ने सडक विभागको मापदण्ड भए पनि यहाँ उक्त मापदण्डको कुनै पालना नगरिएको स्थानीयवासीको आरोप छ ।

यतिमात्र नभई कतिपय पसलले सडकमै सर–सामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारी साधन चलाउन निकै समस्या भइरहेको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताउनुभयो । यहाँका राजपुर, पिपल्लामा सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जनाएको छ । सडक छेउको जग्गा खाली गराउन खोज्दा उल्टै स्थानीयवासीले मुद्दा दायर गरेपछि सर्वोच्चसम्म मुद्दा लड्नुपरेको र हाल सर्वोच्चले सडक विभागका पक्षमा फैसला गरिसके पनि कार्यान्वयन हुन नसकेको कार्यालयको दाबी छ ।

बसपार्क अभावमा दैनिक क्युमा छुट्ने गाडी छुट्न नपाउने अवस्था सिर्जना भएको र जिल्लाका ग्रामीण क्षेत्रका साथै अन्य जिल्लाबाट आएका सवारी पार्किङ गर्नै नपाइने अवस्था रहेको शैलेश्वरी यातायात व्यवसायीका अध्यक्ष गणेश मलासीले बताउनुभयो । बसपार्कको अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि बजारकोस्वरुप नै कुरुप भइरहेको छ । (रासस)