५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको अमेजन जंगलमा भिषण आगलागी



अ+ अ-

काठमाडौं । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायको ध्यान गएको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्राष्ट्रिय संकट निम्त्याएको बताएका छन् । आगलागीप्रति लक्षिण गर्दै उनले ‘मेरो घर जलिरहेको छ’ भन्दै ट्वीट गरेपछि यो विषय अन्तर्राष्ट्रियकरण भएको छ । साथै उनले आसन्न जि–सेभेनको सम्मेलनमा यो संकटलाई एजेण्डा बनाउन प्रस्ताव गरेका छन् ।

म्याक्रोंको यो प्रस्तावप्रति ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भने सहमती जनाएका छैनन् । ब्राजिलको उपस्थिति नरहने सम्मेलनमा यो विषय उठाउनु भनेको विश्वका शक्ति राष्ट्रहरुको औपनिवेशिक सोच भएको उनको भनाई छ ।

तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । भू–उपग्रहरुबाट प्राप्त तस्वीर र तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अमेजन जंगलमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको छ । अमेजनमा लागेको आगलागी स्पेसबाट समेत देखिएको थियो ।

बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फँडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।जंगलमा वर्षकै सबैभन्दा ठुलो र भिषण आगलागी भएको हो । जसबाट त्याहाँका धेरै जिवन्तुहरुको डढेर मृत्यु पनि भएको छ ।