११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको आक्रमणमा तीन प्रहरी मारिए



अ+ अ-

जलालाबाद । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रबार पुष्टि गरेको छ ।

यद्यपी तालिबान लडाकू समूहले गरेको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीमा पाँच लडाकू पनि मारिएका छन । सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको जनाइएको छ । तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी दुई प्रहरी र आठ तालिबान लडाकू घाइते भएका पनि प्रवक्ताले बताएका छन् ।

यस युद्धग्रस्त देश अफगानिस्तानमा रहेको ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा तालिबान लडाकू समूहले गत अप्रिलको शुरुबाट द्वन्द्व जारी राखेका छन् । गत अप्रिलमा सोही समयबाट तालिबान लडाकू समूहले सुरक्षा अधिकारी र सरकारविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गरेका थिए ।