११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि सांसदहरुले उठाएका जिज्ञासा प्रस्ट पार्दै मन्त्री बस्नेतले विधेयकमा कुनै पनि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनलाई कडाइका साथ लागू गर्न विभिन्न व्यवस्था गरिएको जानकारी गराए ।

उनले जलवायु परिवर्तन गम्भीर विषय भएकाले अनुकूलन र न्यूनीकरणका कार्यक्रम समुदायमा आधारित भई स्थानीय स्तरमा लागू गरिएको बताए । मन्त्री बस्नेतले विधेयकले सङ्घीयताको नयाँ व्यवस्थाअनुसार, प्रदूषण नियन्त्रणको विषय, विकास र वातावरणबीचको नयाँ बहसलाई पनि आत्मसात् गरेको उल्लेख गरे ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरु कोमल ओली, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशप्रसाद यादव, प्रमिला कुमारी र डा बिमला पौडेलले विधेयकमा भएका केही व्यवस्थाबारे जिज्ञासा राखेका थिए । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वन विधेयक २०७५’ लाई टेबुल गरेका थिए ।

यसैगरी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गर्ने गरी उप्रप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकिएको जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ८ गते दिउँसो १ बजे बस्नेछ ।