६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप



अ+ अ-

अल्जियर्स । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा थुनामा राख्न बिहीबार आदेश दिएको छ । सरकारी अभियोजनकर्ताका अनुसार पूर्वमन्त्री लोउमाथि शक्तिको दुरुपयोग, न्यायमा अबरोध, सरकारी कागजात तोडमरोड तथा पक्षपातमा संलग्न रहेको आरोप लागेको छ ।

अदालतको आदेशलगत्तै पूर्वमन्त्री लोउलाई गिरफ्तार गरिएको छ । गत अगस्ट ८ मा सर्वोच्च अदालतले लोउमाथि प्रारम्भिक सुनुवाई गरेको थियो । लोउको पासपोर्ट जफत गर्नुका साथै देश छाड्न प्रतिबन्ध लगाइएको छ । लोउ अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलाजिज बाउतेफ्लीकाको शासनकालमा सन् २०१३ देखि २०१९ सम्म अल्जेरियाका निकै प्रभावशाली कानुन मन्त्री थिए ।

दुईजना पूर्व प्रधानमन्त्री अब्देलमलिक सेल्लाल र अहमद ओयाहिया समेतका धेरै जना वरिष्ट सरकारी अधिकारीहरुलाई पनि पदको दुरुपयोग तथा भ्रष्टाचारको आरोपमा पक्राउ गरी जेलमा राखिएको छ । गत फेब्रुअरी २२ देखि अल्जेरियामा जारी जनप्रदर्शनबाट राष्ट्रपति बोतेफ्लीकाको शासन ढलेको थियो ।

प्रदर्शनकारीहरुले मुलुकमा सुशासन कमजोर बनेको, भ्रष्टाचार बढेको तथा प्रहरी दमन बढेको भन्दै दोषीमाथि कारबाही गर्न निरन्तर माग गरी प्रदर्शन गरेका थिए ।