५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू कश्मीरबारे धारणा सार्वजनिक गर्न राष्ट्रियसभाका सदस्य देवको माग



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सदस्य जितेन्द्रनारायण देवले नेपाल सरकारलाई जम्मू कश्मीरबारे धारणा सार्वजनिक गर्न माग गरेका छन् । छिमेकी मुलुकहरुले आआफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कूटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘परराष्ट्रमन्त्रीले नजिकबाट नियकाल्दैछौ भने । यो नियाल्ने काम कहिलेसम्म हुन्छ? आँट छ भने यो सरकारले बोलोस्’ उनले भने, ‘अनि कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’ पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने सन्देश गएको भन्दै उनले नेपाललाई भविश्यमा समस्या पार्ने चेतावनी दिए ।

उनले भारतसँगको कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न आग्रह गरेका छन् ।